Mero Gaurab

This is gaurab shrestha. this blog is for all kinds of literature and FM program.

Booksansar

In this blog you can enjoy with audio novels which one you searching so long time. it may right destination for those who love novels

Nepali Blog Bank

Do you have Blog? now you are in right place just registered your blog here. we will make it spread around the world.

RamSharan Shrestha

This blog is brought to you by Ramsharan Shrestha in this blog you can enjoy with all kinds of radio programs .

Thursday, April 4, 2024

Comments for Samjhana kafle

कच्चा छु साह्रै कसरी बुझौँ यो 

यो दिव्यतामा कसरी भिजौँ हो 

चौतर्फ मेरो भ्रमको छ पर्दा 

गैह्रो छ खाई कसरी उठौँ हो ॥

Thursday, March 14, 2024

आजको हाम्रो देश - सोनिया बि सी (Soniya BC)


सधैँ भाषण गर्ने मात्र हाम्रा देशका नेता,
कसले कति भ्रष्टाचार गर्यो जनतालाई के'था ।

आजकल त घुस नदिई बन्दैन केही काम,
पैसाले नै चम्केको छ त्यो मानिसको नाम ।

देश बनाउन हुनुपर्छ बालेन जस्तो नेता,
यस्ता कुरा भ्रष्टाचारी नेताहरूलाई के'था।

भ्रष्टाचार गरेका छन राजनीतिमा लुकेर,
बनाउनुपर्छ देश अब एकतामा जुटेर।

कहिल्यै पनि नसकिने भो नेपाल अघि बढ्न,
भ्रष्टाचारीहरूले गर्दा पर्यो हामीले सधैँ लड्न ।

जति दुःख गरेपनि छैन काम राम्रो,
दुई दिनमै हराइ गयो रीतिरिवाज हाम्रो।

हरियाली वातावरण सबैतिर भएको,
दायाँबायाँ अन्य देश नेपाल बिचमा रहेको।

प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो देश
नजानु है दाजुभाइ नेपाल छोडी विदेश।

नत पायो राम्रो शिक्षा, नत राम्रो सत्कार,
दिनानुदिन बढ्दै छन् हत्या हिंसा बलात्कार।

खान, लाउन पनि धौ धौ छ यहाँको रोजगार,
गम्भिर भएर सोच्नुपर्छ अब नेपाल सरकार।

सोनिया बि सी, बिदुर-६, नुवाकोट
Soniya BC

Wednesday, March 8, 2017

गजल-बिर्सियछौ सबै दाइ धन कमाएपछी!!-Season Dangali(डाँगी कान्छो)

बिर्सियछौ  सबै  दाइ धन कमाएपछी!!
बाबा आमा अनि भाइ धन कमाएपछी!

छोडी गयौ हुर्की बढि खेलेको त्यो गाउँ !!
-------बस्दै हौला रमाइ धन कमाएपछि!

कुरा काट्दै हिड्ने तिम्रा  साथीहरु  पनि !!
खोज्दै होलान तिमिलाइ धन कमाएपछि!

चारैतिर  चर्चा  सुन्छु  तिम्रो त्यो सहरमा!!
---------गर्दैछौ  रे  रजाइ धन कमाएपछी!

               घोराही-११दाङ

Monday, November 28, 2016

गजल-आज अलि वेशी-वेशी, गए जस्तो छ नि साथी -दिपक निरौला

आज अलि वेशी-वेशी, गए जस्तो छ नि साथी?
हल्का हल्का रमाईलो, भए जस्तो छ नि साथी?

मेरो पनि यस्तै भा'थ्यो, कहानिमा ट्विस्ट हुँदा ।
आँखा भित्र सप्तकोसी, बहे जस्तो छ नि साथी?

टिलपिल-टिलपिल मेहफिलमा, छल्काएर बगाउनु छ ।
बगाएर अर्को पिडा, सहे जस्तो छ नि साथि?

खा'को बेला नफोरेर, कहिले फोर्ने पापी दील ।
निष्ठुरीको एउटा खिल, रहे जस्तो छ नि साथी?

रात् भो त्यसै तमासको, प्याला भित्र रंगीएर ।
बाँकी भा'को होश सबै, लहे जस्तो छ नि साथी?

आज अलि वेशी-वेशी, गए जस्तो छ नि साथी?
हल्का हल्का रमाईलो, भए जस्तो छ नि साथी?

दिपक निरौला
सिड्नी

Wednesday, November 16, 2016

गजलकार बिष्णु वली का ५ गजलहरू (5 Ghazals by Bishnu Oli) -25-09-2016

१.गजल
मेरो पाइला पाइलामा,ठेस लाग्छ किन,,
मर्नु भन्दा बउलाउन,बेस लाग्छ किन,,

जेगरेपनि मनपरी छ,यहाँ हुनेखानेलाई
मात्र दुखी गरिबलाई,केस लाग्छ किन,,

न यहाँ भित्री मन हेरे,नत हेर्ननै चाहान्छन
इनलाई मन भन्दा राम्रो,फेस लाग्छ किन,,

झिलि मिली बसिएकै छ, ठुलो  महलमा
र पनि प्यारो आफ्नै, देश लाग्छ किन,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया

Thursday, November 10, 2016

गजल-पछाडी पनि आँखा भै दिए पो (राम शरण श्रेष्ठ)

पछाडी पनि आँखा भै दिए पो 
मान्छे सधैं नै बच्चा भै दिए पो 
..
खबर पाइँन तिमी त गैसकेछौ
मेरै सामुन्ने सदा भै दिए पो 
...
आकास खसेनन् तारा झरेनन्
केही सपना त पूरा भै दिए पो 
...
यो जीन्दगी कसरी जीन्दगी भनुँ 
तिमी आधा म आधा भै दिए पो
..
छातिमा टेकेरपो हिँड्नु भएछ 
सधै बाटा सजिला भए दिए पो 
...
ज्यूदो छु या मरे बुझ्नै सकिन 
देखिने बरु आत्मा भै दिए पो 
..
हजारौ भेटिन्छन् यि भिडहरुमा
तर कोहि त आफ्ना भै दिए पो 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।
05-Feb-2015

Sunday, September 18, 2016

गजल-डाक्टर - बैद्य दुश्मन लाग्दा , देश बनेन -मधु सुदन लुइँटेल

डाक्टर - बैद्य दुश्मन लाग्दा , देश बनेन
कौवा हरुको लाममा भाग्दा , देश बनेन !!

साठी बर्षे युवा हरुले ,सत्ता हाँके अनि
पानी मरुवा जवान थाक्दा , देश बनेन !!

बाक्लो दाल खाने आशले ,बंडा गर्दा गर्दै
संसद भित्र खिचडी पाक्दा ,देश बनेन !!

बाँचुन्जेल आफु मात्रै , सत्ता हत्याउन
ब्रम्ह नालमा सुत्ने जाग्दा , देश बनेन !!

सक्षम अनि अनुभबी चालक पाखा लगाई
कच्चा  चालक  ल्याई  हाँक्दा ,देश बनेन !!

चलाउन स्रोत साधन , नजानेर हरपल
हात फैलाई भिक माग्दा , देश बनेन !!

पुर्खाको त्यो जिउँदो इतिहाँस, जरै उखेलेर
बाघको छाला आसन ताक्दा , देश बनेन !!

डाक्टर - बैद्य दुश्मन लाग्दा , देश बनेन
कौवा हरुको लाममा भाग्दा , देश बनेन !!

मधु सुदन लुइँटेल
नागार्जुन नगर पालिका
वडा .न .११ ,भिमढुंगा,
काठमाडौँ

Friday, September 9, 2016

गजल-भ्रमण शुरु हुने भयो , दिल्ली भएर ।मधु सुदन लुइँटेल ।

भ्रमण शुरु हुने भयो , दिल्ली भएर
नफर्किनुस रुझेको , बिल्ली भएर !!

आयोजना रात्रीभोज , हुँदा भब्य त्यहाँ 
फस्नु होला बेहोसिमै ,.सिल्ली भएर !!

जाँदाजस्तो चमकहुन्छ ,फर्किनुनि उस्तै
नदेखाउनु बनाई मुहार , पिल्ली भएर !!

अस्विकारी लोभको प्रस्ताब ,देश सम्झिएर
पड्काई दिनु जिब्रो जिरे , चिल्ली भएर !!

चोट लागे जनताको ,आशा भरोषामा
जल्नु पर्ला चुरोटको , खिल्ली भएर !!

हेक्का राख्नु मातृभूमि , बोल्दा जोसिएर
चिप्ली जाला रास्ट्रीयता , झिल्ली भएर !!

भ्रमण शुरु हुने भयो , दिल्ली भएर
नफर्किनुस रुझेको , बिल्ली भएर !!
मधु सुदन लुइँटेल
नागार्जुन नगर पालिका
वडा .न .११ ,भिमढुंगा,
काठमाडौँ

गजल(मेरो पनि एकदिन जिन्दगी बन्नेछ ।रमेश "संयोग" श्रेष्ठ ।

मेरो पनि एकदिन जिन्दगी बन्नेछ ।
अनि यहि दुनियाँले तारिफ गर्नेछ ।।

मेरो जिन्दगीमा नजर गाड्नेहरुको ।
कुनै दिन मेरै अगाडि शिर ढल्नेछ ।।

सधैं रमाइलोमा जीवन बिताउनेको ।
पीडा पर्दा अचानक आँसु खस्नेछ ।।

जन्म पछि मृत्यु निस्चित हुने हुँदा ।
सबैलाई दैवले यमलोकमा लग्नेछ ।।
रमेश "संयोग" श्रेष्ठ
मोरङ राजघाट ५
हाल :- साउदी अरेबिया
09/09/2016

Monday, August 15, 2016

सङ्ग्रह "गजल इन्द्रेणी" दोस्रो अङ्कको लागि गजल अाह्वान २०७३ भाद्र १५ भित्र पठाइसक्नु पर्ने - के कस्ता प्रकृया छन् यता हेर्नुस


यहि आगामी भाद्र १५ गतेलाई अन्तिम मितिको समय सीमा निर्धारण गरेर प्रकाशोन्मुख कृति गजल इन्द्रेणी दुई  ले गजल सँकलन सुरू गरिसकेको कुरा यसै स्टाटस मार्फत जानकारी गराउन चाहन्छौँ।तपाईं पनि आफ्ना आठ बहरे वा लयात्मक गजल पठाएर गजल इन्द्रेणीको दोस्रो अँकमा सहभागी हुन सक्नुहुनेछ।याद राख्नुस गजल इन्द्रेणीमा गजल पठाए/छपाए बापत कुनै शुल्क तिर्न पर्ने छैन,हजुरको सहयोगको कृतज्ञता स्वरूप धेरै/थोरै पारिश्रमिकको व्यवस्था हामी गर्नेछौ। गजल "गजल इन्द्रेणी" को फेसबूक पेजको म्यासेज बक्समा वा gazalindrani@gmail.com मा पठाउन सक्नुहुनेछ।
धन्यवाद
गजल इन्द्रेणी परिवार
...............
नेपाली भाषा साहित्यमा गजल विधाको संरक्षण र सम्बर्द्धनमा कटिवद्ध समूह गजल इन्द्रेणी आफ्नो दोस्रो अङ्क प्रकाशनको तयारीमा रहेको सहर्ष जानकारी गराउँदछौ । नेपाली गजलमा साधनारत साधकहरूको संयुक्त कृतिको रूपमा प्रकाशनको तयारीमा रहेको सङ्ग्रह "गजल इन्द्रेणी"मा सहयात्राको निम्ति सम्पूर्ण गजलानुरागी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ ।
१) गजल पूर्णतया गजलकारको मौलिक हुनुपर्नेछ।
२) कसैको गजल चोरिएको, तोडमोड गरिएको, कुनै छापा माध्यमबाट पूर्व प्रकाशित पुष्टि भएमा स्वतः रद्द हुनेछ । पुस्तक प्रकाशन पश्चात् यो कुरा जानकारीमा आएमा गजलकार स्वयं जवाफदेही हुनुपर्नेछ ।
३) एकजना गजलकारले ८ ओटा गजल पठाउनु पर्नेछ र तिनीहरूबाट छनौट भएका ५ गजल मात्र सङ्ग्रहमा छापिनेछन् ।
४) बहरवद्धता प्राथमिकतामा रहनेछ ।
५) गजलले कसैको व्यक्तिगत जीवनी, भाषा, धर्म, संस्कारप्रति प्रश्न उठाएको हुनुहुने छैन।
६) गजलकार र गजल छनौट समितिको बारेमा जानकारी गोप्य रहनेछ ।
७) गजल यही भाद्र १५ गते सम्म आई पुग्नुपर्नेछ।
८) गजल हामीले उपलब्ध गराएको ठेगाना बाहेक अन्त आएमा वा निर्धारित समय अवधि भन्दा पछाडि आएमा छनौटमा सहभागी गराइने छैन।
९) गजल देवानगरी लिपिमा लेखिएको नेपाली भाषामा हुनुपर्नेछ ।
१०) गजलकारले गजल छापिए बापत कुनै शुल्क तिर्नुपर्ने छैन, बरू गजल पठाएर/छपाएर सहयोग गरे बापत धेरै थोरै पारिश्रमिकको व्यवस्था गर्नेछौँ ।
११) गजल इन्द्रेणीको पहिलो अङ्कमा गजल छापिएका गजलकारहरूको गजललाई छनौटमा सहभागी गराइने छैन ।
१२) प्रकाशकले पनि गजल पठाउन सकिने छ ।
१३) गजल छनौट सम्बन्धी सर्वाधिकार छनौट समितिमा रहनेछ ।
१४) गजलको सम्पादन आवश्यक देखिएमा गजलकारसित छलफल गरेर सम्पादन गरिनेछ ।
१५) गजल कम्तीमा ५ शेर र बढीमा ७ शेरको हुनुपर्नेछ । ………………… गजल यसै गजल इन्द्रेणी पृष्ठमा सन्देश (message) को रूपमा पठाउनुहोला ।

धन्यवाद
नेपाली गजल